
ललिता निवास जग्गा प्रकरण : ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं – बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा नामसारी गरी सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले हिजो(मंगलबार) उनीहरुसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो । यद्यपी पक्राउ गरेका ३ जनाले यसअघि नै अदालतबाट स्टे अडर लिएकाले हाजीर गराएर छाडिएको थियो ।



कागजपत्र |
