सिंगापुरबाट फर्के लगत्तै आरजु लागिन् जापानतर्फ


काठमाडाैं – नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी राणा सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन ।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्नेछिन्, एक केन्द्रिय नेताले भने ।

श्रीमान् देउवाकाे नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् ।

एक बर्षअघि अर्थात् गत भदाैंमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलोअपका लागि उनी साेमबार जापान गएकी हुन् ।

प्रतिक्रिया