

यस वर्षको ब्रिटिश काउंसिल IELTS पुरस्कारका लागि आवेदन खुला

काठमाडाैं – पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदन माग गरिएको छ । आगामी सेप्टेम्बर १५, सम्ममा आवेदकले आवेदन दिनु पर्ने छ । यो वर्ष यो पुरस्कार चीन, जापान, हङकङ, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलङ्कामा बसोबास गर्ने परीक्षार्थीहरूका लागि खुला गरिएको हो ।
यो प्रतियोगिताका विजेतालाई विभिन्न विश्वविद्यालयहरूमा शिक्षण शुल्कतर्फ £5,000 सम्म सहयोग गर्दै आएको छ । स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीहरूका लागि खुला गरेको हो । जनवरी २०२३ देखि मार्च २०२४ सम्म उनीहरूको परीक्षा सुरु सुरु हुने छ।
पुरस्कारको बारेमा थप जानकारी, आवेदन प्रक्रिया र बारम्बार सोधिने प्रश्नहरूको समीक्षा गर्न चाहने आवेदकहरू www.britishcouncil.org.np मा जानुपर्छ। प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत कुल तीन विजेताहरूलाई अध्ययनमा सहयोग पुर्योउन नगद पुरस्कार दिईनेछ ।
पुरस्कार पाउने विजेताहरू विदेशमा आफ्नो अध्ययनबाट ज्ञान लिएर आफ्ना गृह समुदायकहरूमा ज्ञान फैलाउन सक्षम हुने ब्रिटिस काउन्सिल नेपालका परीक्षा महाप्रबन्धक म्याक्सिम राइमनले बताए । उनले भने- ‘हामी अन्तर्राष्ट्रिय अध्ययन र सहकार्य सबैका लागि थप शान्त र समृद्ध विश्व निर्माण गर्न महत्वपूर्ण छ भन्ने विश्वास गर्छौं र हामी यी महत्वाकांक्षी र बुद्धिमान व्यक्तिहरूलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्न पाउँदा गर्व गर्छौं।’

