

सोमालियामा अल–शबाबको आक्रमणमा ९ जनाको मृत्यु, २० घाइते

मोगादिसु – सोमालियाको राजधानी मोगादिसुको एक होटलमा आतंकवादी संगठन अल–शबाबले गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सोमलिया सुरक्षा बलले होटलमा चलाएको ६ घण्टाको अपरेशन पछि अतिवादी हमलालाई अन्त्य गरेको थियो । त्यहाँबाट ८० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । सो क्रममा ३ सैनिकले ज्यान गुमाएका थिए भने सबै आक्रमणकारी मारिएका छन् ।
सरकारी अधिकारीहरूले आक्रमण भएको होटेल ‘पर्ल बिच’मा रहेको थियो, जुन होटललाई अलकायदा निकट अल शबाबको समुहले शुक्रबार राती देखी होटल कब्जा गरेको थियो। सोमालियाको सो चरमपन्थी समूह मोगादिसुका होटल र अन्य उच्च प्रोफाइल ब्यक्तिलाई लक्षित गरी आक्रमणहरू गर्नका लागि परिचित रहेको समुह हो ।
पर्ल बिच होटल नजिकै भएको आतंकवादी हमलाका कारण सडकमा रगत थियो र होटलका झ्यालका सिसा फुटेका थिए । एक प्रत्यक्षदर्शी हुसेन सद्दामले बीबीसीलाई भने, ‘आक्रमण हुँदा म समुद्र तटमा बसिरहेको थिएँ। होटलबाट मान्छे चिच्याएको आवाज आयो । गोलाबारीको निरन्तर आवाजले अवस्था त्रासमय थियो । र, मैले पछि नजिकै चारवटा शवसमेत देखेँ, जसमध्ये २ जना महिला र २ जना पुरुष थिए । अल्लाहलाई धन्यवाद छ कि म जीवित छु।’
अगस्ट २०२० मा पनि अल शबाबले एउटा होटेल कब्जा गरेको थियो, जुनबेला २१ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।
३० घन्टासम्म चलेको सो अपरेशनपछि मानिसहरूलाई उद्धार गरी आतंककारीरुलाई मारिएको थियो। यस घटनापछि राष्ट्रपति हसन शेख महमूदले अल शबाबलाई जरैदेखि उखेल्ने वाचा गरेका थिए। राष्ट्रपति शेख महमूदले अल शबाबलाई देशको रगत पिउने समुहको रुपमा बर्णन गरेका थिए ।
सो समुहले प्रतिष्ठित होटल तथा प्रतिष्ठित ब्यक्तिहरुमाथी निशाना लगाउँदै आएको छ ।

