

फोहोर व्यवस्थापन नगर्ने फलफूल थोक व्यवसायीलाई ५० हजार जरिवाना

काठमाडाैं – काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन नगर्ने नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना गरेको छ ।
महानगरपालिकाको प्रहरी बलले शुक्रबार संघलाई पचास हजार रुपैयाँ जरिवाना गरेको हो।
वडा नम्बर १४ कुलेश्वरमा रहेको थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर व्यवस्थापन नगरेकाले जरिवाना गरिएको महानगरको भनाइ छ ।

