कान्दाहार प्रान्तमा कार बम विस्फोट सात प्रहरी अधिकारी घाइते


कान्दाहार – अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको अर्घान्दाब जिल्लामा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा सात प्रहरी अधिकारी घाइते भएका प्रहरी प्रवक्ता जमाल बारीक्जाईले बताएका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको तर सरकारी अधिकारीहरुले यस घटनाको अनुसन्धान भईरहेको बताएका छन् ।

यसैबीच नाम नबताउने शर्त एक प्रहरी अधिकारीले शनिबार बिहान ७ः३० मा प्रहरी अधिकारीहरुलक्षित एक अर्काे बम विस्फोटमा परी चार प्रहरीको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका जानकारी दिएको छ ।

तर यस बम विस्फोटको आधिकारीक पुष्टि भने भएको छैन् ।

प्रतिक्रिया