कोशी सरकार नेतृत्वमा कांग्रेसको दाबी


विराटनगर – नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकारको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ।

कांग्रेस कोशी प्रदेश संसदीय दलको भर्खरै सकिएको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।

‘प्रदेशमा अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने निर्णय हामीले गरेका छौं,’ दलका उपनेता हिमाल कार्कीले भने, ‘गठबन्धनको सबैभन्दा ठूलो दल हुनुको नाताले हाम्रो दाबी स्वाभाविक हुन्छ।’

कार्कीले गठबन्धनका अन्य दलको नेतृत्वमा सरकार बन्ने निर्णय गठबन्धनमा भए कांग्रेसले त्यसलाई स्वीकार गर्ने बताए।

यसअघि नै माओवादीले सरकारबाट फिर्ता हुँदै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया