कोशी प्रदेशमा मुख्यमन्त्रीमा दावी गर्ने माओवादीको निर्णय


बिराटनगर – नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ ।

नयाँ सरकार गठनको पहल सुरु भएसँगै आज (सोमबार) बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेको छैन।

स्रोतका अनुसार माओवादीका केही सांसद हिक्मतबहादुर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने पक्षमा छैनन् भने केहीले फिर्ता लिनुपर्ने बताएका छन् । भोलिसम्ममा साझा मत बनाउने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया