अस्पतालहरुमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन


काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।

बुधबार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन्।

उनले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के-कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरिन्। उनले सो काम सुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताए।

त्यस्तै ओपीडी टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए। उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए। उनले संसारभरमा सूर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए।

उनले सूर्तिजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने बताए।उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए।

प्रतिक्रिया