

तेह्रथुममा अटो दुर्घटना, पाँचजना घाइते

फिदिम – तेह्रथुममा अटो दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् । तेह्रथुमको चुहानडाँडामा मंगलबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् ।
संक्रान्ति बजारदेखि चुहानडाँडा आउँदै गरेको प्र १-०१००१स८३४४ नम्बरको अटो मध्य पहाडि लोकमार्गको हाटडाँडामा दुर्घटना भएको थियो ।दुर्घटनामा अटो चालक श्यामचन्द्र तामाङसहित इन्द्रबहादुर तामाङिसहित पाँचजना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल ल्याइएको छ । प्रहरीका अनुसार अटो अनियन्त्रित भइ सडकबाट तल झरेको थियो ।

