रास्वपा कार्यालयमा चिनियाँ दूताबासको टोली


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र चिनियाँ टोलीबीच बिहीबार भेटवार्ता भएको छ।

चिनियाँ दूतावासको टोली स्वतन्त्र पार्टीका नेतालाई भेट्न रास्वपा पार्टी कार्यालय बसुन्धारा पुगेको थियो।​

नेपालस्थित चिनियाँ दूतावासका डिसिएम वाङ शिनसहितको टोलीलाई रास्वपाका नेताले स्वागत गरेका थिए।

भेटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो।

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया