मधेस प्रदेशसभामा एमाले सांसदको अवरोध, बैठक स्थगित


काठमाडौं – नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । बिहीबार पहिलो अधिवेशनको १४औँ बैठकमा एमालेका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध गर्नुपरेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

सभामुख रामचन्द्र मण्डलले दुईपटक उनीहरूलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । त्यसबारेमा पछि छलफल गरिने सभामुखले आश्वासन समेत दिएका थिए । तर, सांसदहरू नमानेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रदेश सरकारले दिने सर्सत अनुदान स्थानीय सरकारले कमिसन लिएर वितरण गरिएको सांसदहरूको आरोप छ ।

प्रतिक्रिया