ट्रक र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा बाबु छोराको मृत्यु


धादिङ – धादिङको थाक्रे गाउँपालिकास्थित चार किलामा आज एक आपससमा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुईको मत्यु भएको छ ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका–५ का ६० वर्षीय बलराम अधिकारी र छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन् ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको छ भने मोटरसाइकल चालक डा. अधिकारी र उनका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन ओभरटेक गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया