

जनमतले जेठ १२ मा केन्द्रीय समिति बैठक

काठमाडौं – सीके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सरकार, गठबन्धन, संगठन निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।
पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको पार्टीकी सचिव अनिता साहले बताइन् ।

