

मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपणियताको शपथ लिएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले आज नियुक्त गरेका नेपाली कांग्रेसका दुई र नेकपा एकिकृत समाजवादीका एक मन्त्रीले शपथ लिएका हुन् ।
कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
जनकपुरधामस्थित मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराए । मधेसमा मन्त्रीपरिष विस्तारमा सन्तुष्टी जनाउदै आजै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

