

पूर्वमन्त्रीको गाडी तोडफोड गर्नेमाथि कारबाही गर्न माग

काठमाडौं – नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडी ढुंगामुढा गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएकोप्रति एमालेले भत्सना गर्दै हिंसात्मक गतिविधि गर्ने समूहमाथि कानूनी कारबाहीको माग गरेको छ ।
घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाहीको माग गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा विज्ञप्तिमा भनिएको छ । कोशी प्रदेशको नामकरणका विषयमा असन्तुष्ट समूहले रानामाथि ढुंगामुढा गरेका थिए । त्यसक्रममा उनी चढेको गाडीको सीसा फुटेको थियो ।

