


भारतको कर्णाटकमा भाजपाको लज्जास्पद हार, कांग्रेसलाई बहुमत

काठमाडाैं – भारतको कर्णाटक विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई झट्का लागेको छ ।
२ सय २४ सदस्यीय विधानसभाको चुनावमा कांग्रेसले शानदार बहुमत ल्याउँदा भाजपाले लज्जास्पद पराजयको सामाना गर्नु परेको छ । अघिल्लोपटक भाजपाले कर्णाटकमा १ सय ४ सिट जितेको थियो ।
तर यसपटक कांग्रेस एक्लैले बहुमत प्राप्त गरिसकेको छ । १ सय १३ सिट जित्दा बहुमत पुग्नेमा कांग्रेसले जारी मतगणनामा १ सय २३ सिट पुर्याइसकेको छ । अझै कांग्रेसले १३ सिटमा अग्रता लिइरहेको छ ।
भाजपाले ५८ सिट जित्दा ६ सिटमा मात्रै अग्रता लिइरहेको छ । कांग्रेसले १ सय ३८ भन्दा बढी सिट जित्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विधानसभाका चुनावमा लागि प्रधानमन्त्री मोदी केही समयदेखि कर्णाटकमै बसेका थिए ।

