प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने


काठमाडाैं – प्रतिनिधि सभाको आइतबारको बैठक सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी गराउँदै आजको बैठक समापन भएको घोषणा गरे ।

आइतबारको बैठकमा कानूनमन्त्री धनराज गुरूङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गरेका गरे । जुन मिटरब्याज पीडितको समस्या समाधान गर्नेसँग सम्बन्धित छ ।

यस्तै बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले बजेका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।

बैठकको विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा समेत राखेका थिए । संसदको बजेट अधिवेशन आइतबारदेखि नै सुरु भएको थियो ।

प्रतिक्रिया