

आजबाट बजेट अधिवेशन, यस्तो छ कार्यसूची

काठमाडौं – आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज (आइतबार)देखी सुरु हुँदैछ ।
पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान गरेका हुन ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ ।

