बाघ लुक्ने झाडी फाँड्दै वडा कार्यालय


कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाँड्ने काम भइरहेको छ।

बाघले मान्छे मारेको बेलौरी नगरपालिका-८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाँडिएको हो ।

बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिए ।

‘झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ’, उनले भने, ‘झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।’

झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । ‘झाडी फडान भएपछि बाघ लुक्न नसक्ने विश्वासले स्थानीयको त्रास कम हुनसक्छ’, अध्यक्ष रानाले भने, ‘स्थानीयको मागअनुसार झाडी फँडानी गरिरहेका हौँ ।’

प्रतिक्रिया