प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन नसकेर संसद् विघटन गरी संविधानमाथि प्रहार गरे : अमृता थापा


काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समुहकी नेतृ अमृता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार संचालन गर्न नसकेपछि प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको बताएकी छिन्।

विरोधसभामा उनले दशक लगाए बनाएको संविधानलाई ओलीले अन्धकारमा धकेलेको बताएकी हुन् । ओली संसदीय दलको नेता भए पनि एक पटकपनि संसदीय दलको बैठक नै नराखी संसद् विघटन गरेको अरोप लगाइन्।

महिलाहरूले प्रतिगमन नसच्चिएसम्म सडक नछोड्ने भन्दै उनले ओलीको शासनकालमा महिलाहरूमाथि दुर्व्यवहार गर्ने अपराधीहरूलाई सजाय नभएको बताइन्। उनले महिलाहरु अब चुप लागेर नबस्ने भन्दै चुलेसी, हसियाँ जे छ त्यही लिएर प्रतिगमनविरुद्ध उत्रने बताइन्।

‘बालकोट गएर बस्नुस्। राजतन्त्रलाई त फाल्यौं ओलीको तानाशाहीलाई पनि फाल्छौं। हामी उनको प्रगिगमन नसच्चिएसम्म सडक छाड्दैनौं।’ उनले भनिन् ।

प्रतिक्रिया