टोपबहादुरलाई पक्रन प्रहरी ‘हाइ अलर्ट’मा, छोरा सन्दीपलाई आज अदालत पेश गरिँदै


काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्नका लागि ‘हाइ अलर्ट’ रहेको पनि जनाइएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा आयोजित एउटा कार्यक्रममा सहभागि भएयता मोबाइल अफ गरेर सम्पर्कबिहीन रहेका छन् । उनी छोरा सन्दीप पक्राउ परेपछि मोबाइल अफ गरेर ‘फरार’ भएको जनाइएको छ ।

यसअघि प्रहरीले उनीहरु बाबुछोराका साथै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी लिइसकेको छ ।

पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।

 

प्रतिक्रिया