रवि लामिछानेका चालक थापाको अन्त्येष्टि आज गरिँदै


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैँछ ।

लामिछानेका प्रमुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

उपनिर्वाचनको प्रचार क्रममा सभापति लामिछानेसँग चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

घाइते थापालाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया