

उपेन्द्र यादवले लिए सांसदको सपथ

काठमाडौं – वैशाख १० को उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् ।
कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै सभामुखले संसदको लोगो पनि लगाइदिए ।
सोही उपनिर्वाचनबाट विजयी भएका रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।

