मुग्लिङ-मलेखुखण्डको पुलमा प्वाल परेपछि पृथ्वीराजमार्ग अवरुद्ध


काठमाडौं – पृथ्वी राजमार्ग केहीबेर अघिबाट अवरुद्ध भएको छ ।

मुग्लिङ-मलेखु खण्डको फिस्लिङ नजिककैको गणेश खोलाको पुलको मध्यभागमा प्वाल परेपछि सवारी साधन रोकिएको जनाइएको छ ।

धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो ।

प्रहरीले उक्त स्थानमा एकतर्फी यातायात खुलाउने प्रयास गरे पनि अहिलेसम्म अवरुद्ध नै रहेको जनाएको छ । अहिले उक्त सडक खुलाउनका लागि सडक विभागले काम सुरू गरिसकेको छ ।

प्रतिक्रिया