रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय वसुन्धरामा सुरु भएको छ ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् ।

आफूहरूले उठाएको विषय समेटिए सरकारमा जान सकिने रास्वपाका नेताहरू बताएका छन् ।

आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया