रविको ‘घन्टी घरको कथा’: जहाँ साइकल प्रवेश निषेध छ!


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले बोलाएका साइकलयात्री पुष्कर शाहलाई पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाइएपछि उनी फर्किएका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएको जानकारी अनुसार रास्वपा उपाध्यक्ष अर्यालले चिया गफका लागि बोलाएकोमा कार्यालयभित्र साइकल लैजान नपाएसँगै फर्किएको जनाएका छन् ।

उनले लेखेका छन्,

घन्टी घरको कथा

माननीय डि पि अर्याल ः राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ स् फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी ?

पुष्कर ती व्यक्ति हुन्, जसले साइकलबाटै विश्व भ्रमण गरेका छन् । उनले साइकलमै गरेको यात्राको विषयलाई लिएर ‘संसारलाई साढे ५ फन्को’ पुस्तक समेत प्रकाशित गरेका छन् ।

प्रतिक्रिया