
महाविर पुनसँग सरकारको वार्ता सुरू
उपप्रधानमन्त्री खड्का र पुनसहितको टोलीबीच वार्ता जारी
काठमाडाैं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका महावीर पुनसँग सरकारले वार्ता सुरू गरेको छ।
आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन धर्नामा बसेका छन्।
पुनसहित उनको टोलीसँग सरकारले वार्ता सुरू गरेको हो।
उपप्रधानमन्त्री, रक्षामन्त्री तथा कानून मन्त्री पूर्णबहादुर खड्का र पुनसहित उनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा वार्ता भएको छ।
‘पुन र उहाँको टोलीसँग उपप्रधानमन्त्रीज्यूले वार्ता गरिरहनुभएको छ,’ रक्षा मन्त्रालय स्रोतले भन्यो।



कागजपत्र |
