

चट्याङ लागेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

ओखलढुंगा – चटयाङ लागेर गम्भिर घाइते भई उपचाररथ महिलाको मृत्यु भएको छ ।
शनिबार अपराह्न चट्याङमा परी घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको उपचारको क्रममा आज मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको हो । उनलाई हिजो घरमा नै बसिरहेको अवस्थामा चटयाङ परेको थियो ।

