अयोग्य लडाकुलाई पैसा दिने निर्णयको एमालेद्वारा विरोध


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य लडाकुलाई राहत दिने सरकारको निर्णयको विरोध गरेको छ । सरकाले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत दिने तयारी गरेपछि एमालेले विरोध गरेको हो।

अयोग्य लडाकुलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने चैत ६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले गत वैशाख ६ गते अयोग्य लडाकुका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमालेले अयोग्य लडाकुलाई पैसा दिनेसम्बन्धी कार्यविधि नै सरकारले फिर्ता गर्नुपर्ने अडानसहित विरोध गर्ने तयारी गरेको छ ।

सत्तारूढ नेपाली काँग्रेसका सांसदहरूले पनि अयोग्य लडाकुलाई पैसा दिन नहुने बरु रोजगारीको व्यवस्था गरिनुपर्ने तर्क गरिरहेका छन्। अयोग्य पूर्वलडाकु ४ हजार ८ जना छन्।

प्रतिक्रिया