बाजुरा केन्द्रबिन्दु भइ केही घण्टाको फरकमा तीन भूकम्प


काठमाडौं – बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् ।

बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्टरस्केल र १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केही समयको फरकमा तीन भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

 

प्रतिक्रिया