सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया