सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने सरकारको निर्णय


काठमाडौं – सरकारले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । आज(मङ्गलवार) सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषदको मंगलबार बस्ने नियमित बैठकबाट कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

सरकारले काठमाडौँ(तराई मधेस फास्ट ट्रयाक अन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुङ्ग्याउने निर्णय पनि गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया