
फ्लाई दुबईको विमानको एउटा इन्जिनमा आगलागी, फोर्स ल्यान्डिङको प्रयास (भिडियोसहित)
काठमाडौं — काठमाडौंबाट युएईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि पुनः विमानस्थलमा अवतरणको प्रयास गरेको छ ।
केही मिनेटअघि त्रिभुवन विमानस्थलबाट उडेको विमानको एउटा इन्जिनमा आगलागी भएपछि अवतरणको प्रयास गरिएको जनाइएको छ । अहिले पाइलटले जहाजको तेल अलि कम गरिसकेपछि ल्यान्डीङ गर्ने जनाएका छन् ।
त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको जानकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए । जहाजमा १६७ यात्रु रहेका छन् ।
यस बारे थप विवरण प्राप्त भइसकेको छैन ।



कागजपत्र |
