

बारामा उपेन्द्र यादवले फेरि लिए अग्रता

जनकपुरधाम – बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले पुन: अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई पछि पारेका हुन्। यादवले एक हजार ३९० मत पाउँदा कुशवाले एक हजार ३०१ मत पाएका छन्।
यादव ८९ मतले अगाडि छन्। यता नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ६२९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २५९ मत र आम जनता पार्टीका अरूण ज्ञवालीले १२४ मत पाएका हुन्।

