बुटवलबाट बाग्लुङको हटिया जाँदै गरेको बस दुर्घटना


पाल्पा – बुटवलबाट बाग्लुङको हटिया जाँदै गरेको बस दुर्घटना भएको छ ।

बस बुटवल–तानसेन खण्डको जोरधारास्थित सडकबाट तल खसेको जनाइएको छ ।

पश्चिम नेपाल बस व्यवसायीसँग अाबद्ध लु.१.ख. ५९५६ बस बिहान ७ बजेर ४० मिनेटमा दुर्घटना भएको जनाइएको छ । उक्त बसमा २५ देखि ३० यात्रु रहेको पनि जनाइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली गइसकेको पनि जनाइएको छ ।

तस्बिरः लेखु भण्डारी फेसबुक

प्रतिक्रिया