विराटनगरमा प्रदर्शनकारी प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


विराटनगर – कोशी प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

प्रदेशको नाम पहिचानसहितको हुनुपर्ने भन्दै लामो समय देखी आनदोलनरत रहेका आन्दोलनकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री कार्यालयदेखि २ सय मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा चैत ५ चैत गते प्रहरीको लाठी प्रहारबाट घाइते भई चैत १० गते मृत्यु भएका पदम लिम्बुको आज अन्त्यष्ठी गर्ने भएको छ । लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया