


ईपीएस शाखालाई पर्यटनमन्त्री किरातीको प्रश्न : कोरिया जाँदा प्रतिव्यक्ति नाफा कति आउँछ ?

काठमाडौं – वैदेशिक रोजगारी ईपीएस शाखा कोरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रश्न सोधेका छन् ।
शुक्रबार उनले मन्त्रालयमा आयोजित एक अन्तर्क्रियामा ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाँदा कति लागत हो भनी प्रश्न गरेका थिए ।
– ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ?
– प्रतिव्यक्ति नाफा कति आउँछ ?
– कति प्रतिशत बढाउन पाउने नियम छ ?
-कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?
– समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ?
– कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको ?

