

धुमले मनाइयो जितगढी उत्सव (फोटोफिचर)

बुटवल – बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव भव्य रुपमा मनाइएको छ ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।
सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेल राज पाण्डेयले बुटवलसहित सिंगो मुलुककै लागि यो ऐतिहासिक दिन भएको बताए ।

