उपनिर्वाचन : बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू


काठमाडौं – उपनिर्वाचनको मौन अवधि बिहीबार (भोलि) राति १२ बजेबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

“उपनिर्वाचनको प्रचारप्रसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो,” उनले भने ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया