
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जाँदै
काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन् ।
रूसकाे माथिल्लाे सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन् ।
अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।



कागजपत्र |
