बानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल, ११ जना नियन्त्रणमा


काठमाडाैं – नेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको हो।

सोही क्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको पीडित पक्षले बताएका छन्। विगत २५ दिनदेखि उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन्।

आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।

 

प्रतिक्रिया