

थप १ संक्रमितको मृत्यु, देशभर थपिए १०४ नयाँ संक्रमित

काठमाडौं – पछिल्लो २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर गरिएको १६३२ नमूना परिक्षणमा १०४ जनामा कोरोना पुष्टी भएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ६० जना कोरोनामुक्त भएका छन् ।
अहिलेको अवस्थामा नेपालमा ३७९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

