
रविका ड्राइभर खसेको घटनाः अनुसन्धानका लागि प्रवक्ता ढकालका सवारी चालक प्रहरी नियन्त्रणमा
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरबाट खसेको घटनामा अनुसन्धानका लागि पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसअघि पार्टी सभापति लामिछानेका सवारी चालक दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी सँगै प्रवक्ता ढकालका सवारी चालक राजवंशी पनि सुतेकोले घटनाबारे थप सत्यतथ्य पत्ता लगाउनका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएका थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
