

परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षीको बधाई
काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय विदेशमन्त्री एस जयशंकरले बधाई ज्ञापन गरेका छन्। आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका साउदलाई विदेशमन्त्री एस जयशंकरले बधाई दिँदै द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन्।
ट्वीटरमा उनले भनेका छन्, ‘परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका माननीय एनपी साउदलाई बधाई। हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन सँगै काम गर्न तत्पर छु। नयाँ भूमिकाको लागि शुभकामना।’
परराष्ट्रमन्त्री नियुक्त भएका साउदले आजै सपथ खाएका थिए। शपथपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा जुट्ने बताएका छन्। नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि आजै भेट गरेर मन्त्री साउदलाई बधाई दिएका थिए। उनीहरूबी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल भएको थियो।

