नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ


काठमाडौं – नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पद तथा गोण्नीयताको शपथ लिएका छन्।

आज आइतबार अपराह्न शितलनिवास आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

काँग्रेसका केन्द्रीय सदस्य साउदलाई आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो गठबन्धन बनाएयता तीन पटक र मंसिर १० गते यता ८ पटक मन्त्री परिषद् विस्तार गरे पनि सरकारले अझै पूर्णता पाएको छैन ।

प्रतिक्रिया