परराष्ट्रमन्त्रीका रुपमा आज सपथ लिँदै एनपी साउद


काठमाडौं – नेपाली कांग्रेसबाट मन्त्रीमण्डलमा सहभागी हुन लागेका नारायण प्रकाश (एनपी) साउदले आज (आइतबार) ३ बजे सपथ लिने भएका छन् ।

परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित मन्त्रीमण्डलमा सहभागी हुन लागेको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । साउद देउवा समूहबाट परराष्ट्रमन्ती बन्ने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

 

प्रतिक्रिया