


जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

सिरहा – सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गोलबजार नगरपालिका-१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका-३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो।
नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका-१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।
घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ

