रूपन्देहीमा नयाँ वर्ष मनाउन गएका युवाको खोलामा डुबेर मृत्यु


काठमाडौं – रूपन्देहीमा नयाँ वर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो ।

प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो।

उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक वर्षजस्तो मानिसको मृत्यु हुने गर्छ।

प्रतिक्रिया