

काँग्रेसले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन : देवेन्द्र पौडेल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले काँग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताएका छन् ।
पूर्व शिक्षा मन्त्रीसमेत रहेका पौडेलले काँग्रेसले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् पूर्णता पाउन नसकेको बताएका हुन् ।
अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । अब मन्त्रिपरिषद्को पूर्णता आगामी वैशाख १० गतेको उपचुनावपछि हुन सक्ने पौडेलले बताए । उपनिर्वाचनका कारण प्रधानमन्त्रीले पर्याप्त छलफल गर्न नपाएकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने उनले बताए ।

